इज एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच सम्झौता, एक वर्षसम्म मोबाइल फोन एस्योरेन्स गर्न सकिने

काठमाडौं । मोबाइल फोन एस्योरेन्स तथा प्रयोग कर्तामा इन्सुरेन्स हुने सम्बन्धी इज एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ ।  

इजी एस्योरेन्सको सेवा लिएका लागि मोबाइल प्रयोगकर्ताहरुले कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा एक लाख दुर्घटना बीमा रकम दिने छ ।

यो सुविधा मंगलबारदेखि लागू हुने सम्झौतामा पत्रमा उल्लेख छ । 

मोबाइल फोन एस्योरेन्स सेवा अन्तर्गत मोबाइल ग्राहकहरुले न्यूनतम एक हजार ५०० भन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सक्ने व्यवस्थाका साथै प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गरिने उल्लेख गरिएको छ । 

न्यूनतम ४९ रुपैयाँ  तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स गर्न सकिने व्यवस्था गरिएको छ ।

एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको बजार मूल्यअनुसार फरक–फरक हुनेछ । 

इजी मोबाइल केयरका विभिन्न शाखाबाट यो सेवा लिन सकिने छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?