भृकुटीमण्डपबाट नेविसंघको प्रश्न : सरकार बलात्कारी र हत्यारालाई संरक्षण किन ?

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाही माग गर्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ । 

सोमबार दिउँसो १ बजे  निर्मला लाई न्यायको निम्ति भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । बिरोध जुलुस विश्व भाषा क्याम्पस ,प्रदर्शनीमार्गबाट सुरु भएर प्रदर्शनी मार्ग हुँदै पुतली सडकसम्म निस्किएको थियो । 

निर्मलाको हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

संघको केन्द्रीय समितिको आयोजना तथा नेविसंघअध्यक्ष नैन सिंह महर र महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा निस्किएको जुलुसका सहभागिहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।

निर्मलाको हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?