काठमाडौं । यहि बुधवारबाट तेस्रो जेष्ट खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु हुने भएको छ ।
आयोजक जेष्ट ब्याडमिन्टन एकडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिताको सम्पूर्ण खेल बसुन्धारास्थित एकेडमीको हलमा हुनेछ । विभिन्न ९ इभेन्ट्सहरुमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा देशै भरिका खेलाडी, क्लब र विभागीय टिमबाट सहभागिता जनाउने छन् ।
प्रतियोगिता पुरुष एकल, महिला एकल, यू-१५ महिला र पुरुष, पुरुष युगल ‘खुल्ला’, ३५ बर्षमाथिका मास्टर्स, ४५ बर्ष माथिका मास्टर्स, मिक्स डबल्स र पुरुष युगल ‘शीर्ष २० वरीयता’ इभेन्ट्स समावेश गरिएको छ ।
पुरुष एकलको विजेताले नगद ३० हजार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १५ हजार र तेस्रोले १० हजार प्राप्त गर्नेछन् । महिला एकलतर्फ विजेताले २५ हजार, दोस्रो हुनेले १२ हजार र तेस्रोले ८ हजार हात पार्नेछन् । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया