काठमाडौं । नाईजेरियाका फुजा तापे ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबमा प्रशिक्षकमा अनुबन्ध भएका छन् ।
मनाङले नाईजेरियन तापेलाई नयाँ प्रशिक्षकका रुपमा क्लबमा भित्राएको हो । यहि असोज दोस्रो साताबाट शुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्येनजरमा राख्दै मनाङले नाईजेरियाका प्रशिक्षकलाई क्लबमा अनुबन्धन गरेको हो ।
मनाङ मस्याङदीका महासचिव मुखिया लामाले नाईजेरियन प्रशिक्षक कै नेतृत्वमा ‘ए’ डिभिजन लिगमा सहभागिता जनाउने जानकारी दिए । सन् २००१ मा नाईजेरियाको ओशिश फुटबल एकेडेमीबाट प्रशिक्षक करियर शुरु गरेका फुजाले सन् २००५ मा काठमाडौंको सरस्वती युथ क्लबलाई प्रशिक्षण दिएका थिए ।
त्यस्तै, मछिन्द्र क्लब हुँदै उनले भारतका विभिन्न क्लबमा फिटनेश र मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । मनाङ मस्याङदीले लिगको उपाधि जित्ने लक्ष्य सहित अफ्रिकन खेलाडी ओलावले अफिजलाई क्लबमा अनुबन्ध गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया