ट्रिनिबागो नाइट राइडर्सलाई ’सिपीएल’ टी-ट्वान्टी क्रिकेटको उपाधि

एजेन्सी ।  ट्रिनिबागो नाइट राइडर्स क्यारेबियन प्रिमियर लिग ‘सिपीएल’ टी-ट्वान्टी क्रिकेटको च्याम्पियन बनेको छ । 

सोमबार भएको फाइनल खेलमा नाइट राइडर्सले ग्युएना एमाजन वारियर्सलाई ८ विकेटले हराउँदै उपाधि उचालेको हो । यो उपाधिसँगै नाइट राइडर्सले लगातार दोस्रो पटक सिपीएल क्रिकेटको उपाधि जित्न सफल भएको हो । 

ब्रायन लारा क्रिकेट स्टेडियममा वारियर्सले दिएको १ सय ४८ रनको लक्ष्य नाइट राइडर्सले १७ दशमलब ३ ओभरमा मात्र २ विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा ग¥यो । नाइट राइडर्सको जितमा कोलिन मुन्रोले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ब्रेनडन म्याकुलमले ३९ तथा दिनेश रामदीनले २४ रनको योगदान दिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार पारेको थियो । वारियर्सका लागि लुक रोन्चीले ४४ तथा जासन मोहमदले २४ रन जोडे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?