क्रिकेट : १७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने

लोकपथ
56
Shares
England’s Reece Topley celebrates with teammates after taking a wicket against India’s Shikhar Dhawan during the Second Royal London One Day International (ODI) cricket match between England and India at the Lord’s cricket ground in London on July 14, 2022. (Photo by ADRIAN DENNIS / AFP) / RESTRICTED TO EDITORIAL USE. NO ASSOCIATION WITH DIRECT COMPETITOR OF SPONSOR, PARTNER, OR SUPPLIER OF THE ECB

काठमाडौं । इंग्ल्यान्डले १७ वर्षपछि सात टी २० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको छ । गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछि इंग्ल्यान्ड पनि दक्षिण एसिया भ्रमणबाट पछाडि हटेका थियो । सेप्टेम्बर २० देखिसुरु हुने भ्रमणमा इंग्ल्यान्डले सात टी २० अन्तर्राष्ट्रिय कराँची र लाहोरमा खेल्ने छ ।

यस्तै, अस्ट्रेलियामा विश्वकपपछि इंग्ल्यान्ड तीन टेस्टका लागि डिसेम्बरमा फेरि पाकिस्तान फर्किने पीसीबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?