साइक्लिङ खेलाडी स्व.महर्जनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । प्रतियोगिताका दौरान श्रीलंकामा निधन भएका साइक्लिङ खेलाडी स्व. नारायणगोपाल महर्जनको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

'राखेप'मा सोमवार एक कार्यक्रमको आयोजना गरि खेलकुद परिषदले मृतकको परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरेको हो ।  राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’को खेलाडी दुर्घटना विमा अन्तर्गत सात लाख रुपैयाँ स्व. महर्जनको आमा मैया महर्जनलाई प्रदान गरेको हो । 

सो रकम राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशवकुमार विष्टले मृतकका आमालाई हस्तान्तरण गरेका थिए । यसैविच, साइक्लिङ संघले एक लाख तथा साइक्लिङ संघका सदस्यहरुबाट उठाइएको २५ हजार रुपैयाँ पनि मृतक महर्जनको परिवारलाई सोमवार नै हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा नेपाल साइक्लिङका अध्यक्ष गोपाल सुन्दर कक्षपति, पूर्व कराँते खेलाडी दिपक श्रेष्ठ लगायत खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

स्व. महर्जनको श्रीलंकाको कोदामामा रम्बल इन जंगल– २०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दर्घटनामा परी मृत्यु भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?