मेट्रो सिटीको अशोक लेलैण्ड बसको सेवा रुपन्देहीमा शुरु

काठमाडों । रुपन्देहीमा पहिलो पटक सूविधा सम्पन्न ५ वटा अशोक लेलैण्डका बसहरु सञ्चालन आएका छन् । 

अशोक लेलैण्डका सूविधा सम्पन्न बसहरु लूम्विनी मेट्रो सिटीद्वारा सोमवारदेखि सञ्चालनमा आएका हुन् । बसभित्र एसी, सिसि टिभी, डिजिटल डिस्प्ले तथा यात्रूहरुलाई चढ्न र ओर्लन सजिलोका लागि दूई वटा ढोका राखिएको छ। 

कम्पनीका अध्यक्ष धनवहादूर अधिकारीले नेपालमा सबैभन्दा बढि सिट क्षमता भएको सिटी बस सञ्चालनमा ल्याएर सरकारको ठूलो ढुवानी नीतिलाई सघाएको जानकारी दिए । बसमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिइएको छ भने अपाङ्गता भएका ब्यक्तिलाई निशुल्क सेवा प्रदान गर्ने पनि अध्यक्ष अधिकारी बताए ।

त्यस्तै, ज्येष्ठ नागरिकले ५० प्रतिशत छुट पाउनेछन् । 

बसको साँचो हस्तान्तरण कार्यक्रममा बोल्दै 'आईएमई मोटर्स'का प्रमूख अधिकृत सूरज भट्टराईले नेपालमा अशोक लेलैण्डको माग बढिहेको बताए। अहिलेलाई एक करोड चूक्ता पूंजीबाट शुरु भएको प्रा.लिले पहिलो चरणमा बुटवलबाट लुम्विनी, वर्दघाट, तौलिहवा र कृष्णनगरका लागि बसहरु सञ्चालनमा ल्याउने छन् ।

असोजभित्र १० वटा र मंसिरसम्म ३० वटा बसहरु पुर्‍याई प्रदेश ५ का १२ वटै जिल्ला तथा काठमाडौं, पोखरा, विराटनगर र काकरभिट्टासम्म सेवा विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?