काठमाडौं । प्रभु बैंक लिमिटेड र गैर आवासीय नेपाली संघ (एनआरएनए)बीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ सेवा सम्बन्धि सम्झौता भएको छ । प्रभु बैंक र गैर आवासीय नेपाली संघबीच हिजो (मंगलबार) विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ सेवा सम्बन्धि सम्झौता भएको हो ।
जस अनुसार गैर आवासीय नेपाली संघका सदस्यहरुले विदेशका जुनसुकै देशहरुबाट पनि विदेशी मुद्रामा बचत खाता र मुद्धती खाता खोल्न तथा संचालन गर्न पाउनेछन् ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन् ।
सम्झैता पश्चात जारी विज्ञप्तिमा खाता खोल्दा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपयुक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिने बताइएको छ ।
यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको नीति, नियम तथा निर्देशनको अधिनमा रहि विदेशबाटै बैंकिङ प्रणलीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ र यस्ता खातामा नगद रकम जम्मा गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमानै फिर्ता लानु परेमा जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाइने तर, यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिनेछ सम्झौतामा उल्लेख छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै गैर आवासीय नेपाली संघका अध्यक्ष विनोद कुवँरले गैर आवासीय नेपालीको तर्फबाट विदेशमा सिकेको सिप, ज्ञान र दक्षतालाई कुनै न कुनै रुपमा नेपाल र नेपालीहरुको हितमा प्रयोग गरीरहेको बताए ।
त्यस्तै, बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गैर आवासीय नेपालीहरु तथा विदेशमा काम गरिरहेका नेपाली नागरिककहरुलाई बैंकबाट उपलब्ध गराउने सम्पूर्ण सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया