चिनियाँ उत्पादनमा अमेरिकाले थप अायात शुल्क लगायो, डलर अझै महंगिने

काठमाडौं : अमेरिकाले चीनबाट त्यहाँ जाने सामानमा थप अायात शुल्क लगाएको छ । लगभग 'व्यापार युद्ध' बाटै गुज्रिरहेको चीन र अमेरिकाबीचको सम्बन्धमा पछिल्लो अायात शुल्कसँगै थप दरार अाएको छ । 

चीनबाट अमेरिका भित्र्यार्इने २ खर्ब डलर बराबरको सामानमा अायात शुल्क लगार्इएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ । ५ हजार भन्दा बढि वस्तुहरूमा यस्तो अायात शुल्क लगार्इएको छ, जुन यसअघि लगार्इएका शुल्कभन्दा निकै धेरै हो । 

चिनियाँ सामानमा नयाँ अायात शुल्क लगाएसँगै अब अमेरिकमा ह्याण्ड ब्याज, कपडा र चामल लगायतका बस्तु थप महंगो हुनेछ । यसअघि कहिल्यै कर नलगार्इएको फर्निचर र काठ लगायतका चीनबाट अायात हुने सामानमा समेत नयाँ कर लगार्इएको छ । 

तर, अाश्चर्यजनक रूपमा चीनमा बनेका स्मार्ट घडी र प्ले पेनमा भने अमेरिकाले अतिरिक्त कर लगाएको छैन । अमेरिकामा अत्याधिक खपत हुने यी वस्तुमा भारी अतिरिक्त कर लगाउने अनुमान गरिएको थियो । 

अमेरिकाले यसअघि पनि चिनियाँ सामानमा थप कर लगाएको थियो । यसका कारण विश्वबजारमा अमेरिकी डलरको भाउ ह्वात्तै बढेको थियो भने अन्य मुलुकका मुद्राको बिनिमयदर निकै सस्तो बनेको थियो । 

नयाँ अायात शुल्क घोषणासँगै अमेरिकी डलर कम्तिमा १ सय २० रूपैयाँ हाराहारीमा पुग्ने अनुमान छ ।

चीनले भन्यो : अमेरिकाबिरूद्ध उस्तै कदम चालिनेछ 

अमेरिकाले अाफ्ना उत्पादनमा नयाँ कर लगाएपछि चीनले पनि अमेरिकाको प्रतिवाद गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुअाङ्गले अब चीनले पनि अाफ्नो हीतको रक्षा गर्नुपर्ने समय अाएको बताएका छन् । 

व्यापार युद्धले कसैलार्इ फार्इदा नहुने उल्लेख गर्दै शुअाङ्गले एकअर्कालार्इ भरोषा तथा सम्मान गर्दै व्यापारिक समस्या एवं मुद्दाहरूलार्इ अापसी छलफलबाटै सुल्झाउनु हीतकर हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?