भुटानका प्रधानमन्त्री छिरिङ थोग्बेको दल चुनावमा पराजित

काठमाडाैं : भुटानको संसदीय प्रधानमन्त्री छिरिङ थोग्बेको सत्ताधारी पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले नमीठो पराजय भोगेको छ । यो दलले दोस्रो चरणमा हुने निर्वाचनमा भाग समेत लिन नपाउने भएको छ ।

अन्तिम नजिता अार्इनसकेपनि सत्ताधारी दल पीडीपीको अवस्था निकै नाजुक देखिएको छ । सत्तासीन यो दलले १८८० मतका साथ जनमतको परीक्षामा तेस्रो पार्टी बनेको छ ।

चुनावमा ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले ४०२० ल्याई सबैभन्दा ठूलो दल बनेको छ । यस्तै, २४३२ मल ल्याउँदै ड्रुक न्यामरूप छोप्पा (डीएनटी)  भुटानको दोस्रो ठूलो पार्टी बनेको छ । 

निर्वाचनमा पराजित भएपछि प्रधानमन्त्री थोग्बेले ट्वीटरबाट जनताले दिएको मत अाफुहरूलार्इ स्वीकार्य भएको बताएका छन् । चुनावमा पहिलो र दोस्रो स्थान प्राप्त गरेका डीपीटी र डीएइनटीलार्इ पनि उनले बधार्इ दिएका छन् । 

हालको चुनाव भुटानको र्इतिहासमै तेस्रो संसदीय निवार्चन हो । सन् २००८ मा प्रजातन्त्रको स्थापनापछि भुटानमा संसदीय चुनाव हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?