फरार ३ जना अभियुक्तलार्इ बाैद्ध प्रहरीले समात्यो

साँखु : फरार तीन अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । 

गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई काठमाडौँको चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। 

यस्तै, मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?