एजेन्सी :अहिले ल्याटिन अमेरिकी देश भेनेजुएला चरम मुद्रास्फितीको चपेटामा परेको छ ।
द्वितीय विश्व युद्ध यताकै यो मुद्रास्फिती सबै भन्दा निकृष्ट समय रहेको छ ।
अर्थशास्त्रीहरूले यसलाई ‘हाइपरइन्फ्लेशन’ (चरम मुद्रास्फिती) भनेका छन् ।
हाइपरइन्फ्लेशनका जानकार अर्थशास्त्री स्टिभ ह्याकले जनाए अनुसार १२ महिनामा भेनेजुएलामा महँगी ६५००० प्रतिशतले बढेको छ ।
चरम मुद्रास्फितीले भेनेजुएलाको आम जीवन धेरै कष्टकर बनाइ दिएको छ ।
दैनिक आवश्यक वस्तुको कुनै वस्तु किन्न ठूलो रकम बोक्नु परेकोछ ।
यो समस्याको समाधानका लागि भेनेजुएलाले नयाँ मुद्रा सवरेन बोलिभर बजारमा ल्याएपनि यसबाट स्थितिमा कुनै सुधार भएन् ।
विश्वभर हालसम्म चरम मुद्रास्फितीको अवस्था ५८ पटक देखा परेको छ ।
भयानक चरम मुद्रास्फितीको सामना गरेका केही देशहरूमा दक्षिण अमेरिकी देश ब्राजिल हो ।
१९८९को डिसेम्बरदेखि १९९०को मार्चसम्म यो अवस्था रहेको थियो ।यो अवधिमा मुद्राको मूल्य निरन्तर अवमूल्यन हुँदै गयो ।
हरेक ३५ दिनमा महँगी दुई गुना दरले बढ्दै गएको थियो ।
ब्राजिलमा झण्डै १५ वर्षसम्म मुद्रास्फितीको दर हर महिना दुई अंकमा रहेको थियो ।
९०को दशकमा ब्राजिलमा व्यापारीको सामानको मूल्य हरेक दिन फेरिने गरिएको थियो ।
१९९४मा ब्राजिल सरकारले प्लानो रियल नामको योजना ल्याएर अर्थव्यवस्थालाई स्थिर राख्ने काम ग-यो ।
१९४६मा युरोपेली देश हंगेरीले पनि मुद्रास्फितीको चपेटमा परेको थियो ।
देशको महँगी दर ४१,९००,०००,०००,०००,००० प्रतिशतमा पुगेको थियो ।
अहिलेसम्मको सबैभन्दा निकृष्ट मुद्रास्फितीको अवस्था मानिएको छ ।
दोस्रो विश्वयुद्ध पछि हंगेरीको ४० प्रतिशत सम्पत्ति समाप्त भइसकेको थियो ।
राजधानी बुढापेस्टको ९० प्रतिशत सम्पत्ति नष्ट भइसकेको थियो ।
१ अगस्ट १९४६मा सरकारले यो समस्या समाधानको उपायका लागि कर नीतिमा सुधार, विदेशबाट सुन संरक्षित कोषको पूर्ति र नयाँ मुद्रा ‘हंगेरी गिल्डर’ ल्याउने योजना ल्यायो ।
१९९०को दशकमा कृषिमा सुधार गरिएपनि जिम्बाबेमा कृषि उत्पादनमा तीव्र गिरावट आएको थियो ।
१९९८मा युद्धका कारण कंगोलाई समस्याको सामना गर्नु परेको थियो ।
२००२मा अमेरिका र युरोपियन युनियनलगायतले कतिपय प्रतिबन्ध लगाइ दिएका थिए ।
यसले गर्दा यहाँ महँगी बढ्न थालेको थियो ।यो महँगी ७९,०००,०००,००० प्रतिशतसम्म पुगेको थियो ।
साल २००९मा जिम्बाबेले देशको मुद्रा रद्द गरी अमरीकी डलर र दक्षिण अफ्रीकी मुद्रालाई प्रचलनमा ल्याएको थियो ।
प्रथम विश्व युद्धपछि अस्तिवमा आएको युरोपेली देश यूगोस्लाभियामा १९८०मा ं राजनीतिक र आर्थिक संकटमा फसेको थियो ।
यो संकटको समाधानका लागि देशबाट बोस्निया र हर्जगोभिना, क्रोएशिया, मेसेडोनिया, मोंटेनेग्रो, सर्बिया और स्लोभेनिया नामका छुट्टा छट्टै देश बनाउन परेको थियो ।
त्यसपछि सन् १९९२मा सर्बिया र मोन्टेग्रो युगोस्लाभिया संघीय गणतन्त्रमा मिलेर रहेका छन् ।
१९९२को शुरूवातमा युगोस्लाभियाको महँगी दर ३१३,०००,००० प्रतिशत प्रति महिना पुगेको थियो ।
समाधानका लागि राष्ट्रसंघले लगाएको प्रतिबन्ध फुकुवा गराउन र नयाँ मुद्रा दिनार ल्याउने योजना सर्बियाली नेता स्लोबोदान मिलोसेभिकले ल्याएका थिए ।
प्रथम विश्व युद्धपछि जर्मनी धेरै कर्जामा डुबेको थियो । स्थिति सुधारका लागि ल्यान्ड मार्कको छपाइ ग-यो तर पनि समस्या समाधान भएन् ।
कर्जा बढदै गयो ।महँगी प्रतिमहिना २९,५००प्रतिशत पुग्यो ।
३–४ दिनको अन्तरमा सामानको भाउ दुई गुना हुने समस्या उत्पन्न भएको थियो ।
जर्मनीमा हालत यस्तो भयो कि बालबालिकाहरूले नोटको बण्डल लिएर घर बनाउने खेल खेल्ने गरेका थिए ।
१९२३मा जर्मन सरकार समस्याबाट निकासका लागि नयाँ मुद्रा सिक्योर मार्क ल्यायो ।
द्वितीय विश्वयुद्ध पछि ग्रीसको अवस्था सबैभन्दा खराब भयो ।
नोभेम्बर १९४४मा यहाँको मुद्रास्फितीदर १३,८०० प्रतिशत पुग्यो ।
समस्या समाधानका लागि आर्थिक सुधार, ऋण र नयाँ मुद्रा जारी गर्ने प्रयास ग्रीसले गरेको थियो ।
ग्रीसलाई जर्मनी र हंगेरीको तुलनामा यो स्थितिबाट पार पाउन लामो समय लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया