कोरियाली प्रायद्वीपका नेता मुन र किमबीच अाज महत्वपूर्ण वार्ता

तस्बिर : बीबीसी

एजेन्सी : कोरियाली प्रायद्वीपमा दीगो शान्ती स्थापनाका लागि महत्वपूर्ण मानिएको वार्ता अाज हुँदैछ । 

दक्षिण कोरियाली राष्ट्रपति मुन जेर्इ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच अाज उत्तर कोरियाकै राजधानी प्योङयाङमा शिखर वार्ता हुँदैछ । 

यो वार्तामा दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाली समकक्षीलार्इ परमाणु कार्यक्रम बन्द गर्न प्रस्ताव गर्ने कोरियाली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

शिखर वार्तामा सहभागी हुन दक्षिण कोरियाली राष्ट्रपति जेर्इ एकाबिहानै प्योङयाङ पुगेका छन् । पत्नी किम जंग सुकका साथ पुगेका जेर्इलार्इ उत्तर कोरियाली नेता किम र उनीको पत्नी री सोल जुले विमानस्थलमा स्वागत गरेका छन् । 

प्रापद्वीपमा शान्ती स्थापनाका लागि दक्षिण कोरियाले परमाणु निशस्त्रीकरणको मुद्धामा प्योङयाङ र अमेरिकाबीच मध्यस्थकर्ताको भूमीका खेलिरहेका छन् । 

अाजको बैठकमा मुनले उत्तर कोरियालार्इ अार्थिक सहयोग घोषणा गर्ने र परमाणु व्यवस्थानका लागि ठोस कदम चाल्न सहमति हुने अांकलन गरिएको छ । 

गत अप्रिलमा दुर्इ देशका नेताहरूबीच सिमानामा एेतिहासिक शिखर वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?