१. आगामी मंसिर ४ गते चुनाव गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति, अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको औपचारीक मिति घोषणा गर्ने ।
२. ३४ वर्षपछि पुरानै धारमा फर्कियो सप्तकोसी, उदयपुरका २ हजार ४ सय परिवार जोखिममा, उद्धार र राहतको व्यवस्था गर्न गृह मन्त्रालयको निर्देशन ।
३. अपराधलाई ढाकछोप गर्न जनार्दन शर्मालाई चोख्याएर अर्थमन्त्रीमा पुनः नियुक्त गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको आरोप, शर्मा सत्ताको बलमा चोखिए पनि जनताको नजरमा चोखिन नसक्ने जिकिर ।
४. नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु, देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुग्यो ।
५. राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत बनाउन सत्ता र प्रतिपक्षी दलका सांसदहरू एकमत, विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा प्रभावकारी काम नभएको र कार्यसम्पादनमा प्रभाव परेको निष्कर्ष ।
६. नेपाल एयरलाइन्सको विमानबाट मुम्बई उड्न लागेका फरार अभियुक्त सन्तोष लामिछाने पक्राउ, सुन व्यवसायीसमेत रहेका सन्तोषमाथि ठगीको आरोप, अनुसन्धान हुँदै ।
७. नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ घाटा रहेको भन्दै तत्काल मूल्य समायोजन नगर्ने निगमको भनाइ ।
८. संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचनपद्धति कायम गर्नुपर्ने लगायतका माग ।
९. उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जना पक्राउ, अवैध कारोबारमा सहयोग गर्ने र लागूऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरिएको प्रहरीको भनाइ ।
१०. साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना हुने व्यवस्था मिलाउन विद्यालय तथा शिक्षण संस्थाहरुलाई राष्ट्रिय परीक्षा बोर्डको निर्देशन, छोटो समयमात्र म्याद राखेर भर्ना आह्वान गर्दा दुर्गम क्षेत्रका विद्यार्थी बञ्चित हुने भनाइ ।
११. साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्से परिसूचक ६.७१ अंकले घट्दा ४ अर्बभन्दा बढीको कारोबार, ७७ कम्पनीको सेयर मूल्य घट्यो ।
१२. चीनको धम्कीका बीच अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणमा, नेन्सी भ्रमणमा रहँदै ताइवानको हवाई क्षेत्रमा चीनको सैन्य अभ्यास जारी ।
१३. अलकायदाका नेता अल जबाहिरीको मृत्युसँगै विदेश भ्रमणमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकी सरकारको आग्रह, हत्या, विष्फोटसँगै अपहरण पनि हुनसक्ने चेतावनी ।
१४. नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–ट्वान्टीको ब्याटिङ वरीयतामा सुधार, नयाँ वरीयता अनुसार दीपेन्द्र ४३ औं स्थानमा ।
१५. युएईमा हुने टि–२० एसिया कपको लागि पाकिस्तानले गर्याे १५ सदस्य टोली घोषणा, बाबर आजमको कप्तानी रहँदा हसन अली भने टिममा अटाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया