रेडक्रसले मोरङको उर्लाबारीमा ‘ब्लड’ बैंक खोल्यो

उर्लाबारी : नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ९ब्लड बैंक० शुरु गरेको छ । 

गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गरे ।

वश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि मात्र उपशाखाले सोमबारदेखि उक्त सेवा दिन थालेको हो ।

पाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा शुरु भएको सो सेवाले पूर्वी मोरङका बिरामी लाभान्वित हुने उर्लाबारी उपशाखाका सभापति मदनबाबु प्रसार्इंले बताए। 

सेवा सञ्चालनका लागि उर्लाबारी नगरपालिका, सगरमाथा बचत तथा ऋण सहकारी संस्था, पवित्र बचत तथा ऋण सहकारी संस्थालगायतले सहयोग गर्दै आएका छन् ।

बिरामीले स्थानीय अस्पतालमा उपचार गराउँदा रगत लिन बिराटनगर जानुपर्ने बाध्यता थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?