परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि…

लोकपथ
14
Shares

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ ।

त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन् । मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोकसेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ ।

आयोगले जारी गरेको सूचना अनुसार उनको मास्टर आइडी १४०५७ र रोल नम्बर ४४६६ रहेको छ । रेउलेले वस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोकसेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार रेउलेलाई प्रदेश लोकसेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा ९१० को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, ०७८९ को दफा ३६ को उपदफा ९२० को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ ।

उक्त ऐन अनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?