डलरको भाउ फेरि बढ्यो, दिनार, वन र अन्य मुद्राको सटहीदरमा समेत बृद्धि

काठमाडौं : अमेरिका र चीनबीचको ब्यापार युद्धका बीच केहि दिन स्थिर रहेको अमेरिकी डलरको भाउ फेरि बढेको छ । सोमबार खरिददर ११४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ११५ रूपैयाँ २६ पैसा रहेको अमेरिकी डलरको सटही दर मंगलबार १ रूपैयाँ ६ पैसाले बृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो १ को खरिददर १३४ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५१ रूपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४९ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र बिक्रिदर २८ रुपैयाँ ११ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २८ पैसा र बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३८१ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३८३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३०८ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?