काठमाडौँ : ‘वर्ल्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो ।
यही असोज ४ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगितामा पुरुष ५६ किलो तौल समूहमा गणेश रानाभाट र महिला ५३ किलो तौल समूहमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् ।
टोली नेतामा विश्वविद्यालय खेलकूद सङ्घ नेपालका अध्यक्ष प्रदीप जोशी र प्रशिक्षकमा संगमसिंह थापा रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्९राखेप०का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले बिदाइ गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया