इंग्लिस प्रिमियर लिगमा ब्राइटनले साउथह्याम्पटनलाई बराबरीमा रोक्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साउथह्याम्पटन र ब्राइटनबीचको खेल बराबरीमा सकिएको छ । 

आफ्नो घुरेलु मैदानमा सोमवार राति सम्पन्न भएको साउथह्याम्पटन र ब्राइटनबीचको खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ । खेलको ३५ औँ मिनेटमा साउथह्याम्टनका लागि पियरे होजबर्जरले पहिलो गोल गर्दै क्लबलार्ई शुरुवाती अग्रता दिलाए ।

पहिलो हाफसम्म एक-शुन्य गोलले अगाडि रहेको साउथह्याम्पटनले दोस्रो हाफमा अर्को गोल थप्यो । ६५ औँ मिनेटमा ड्यानी इंग्सले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । तर, ड्यानीले गोल गरेको दुई मिनेटमा नै ब्राइटनका शेन डफीले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । 

प्रतिस्पर्धात्मक खेलको ९० औं मिनेटमा ग्लेन मुर्रेले पेनाल्टीमार्फत गोल गरेपछि खेल २-२ गोलको बराबरी रोकियो ।

बराबरीपछि समान १-१ अंक बाडेको छ । पाँच खेलबाट समान ५-५ अंक जोडेको साउथह्याम्पटन १३ औँ स्थानमा तथा ब्राइटन १४ औँ स्थानमा छ । १५ अंक सहित चेल्सी शिर्ष स्थानमा छ । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?