पूँजीबजारका लगानीकर्तालार्इ नेप्सेले अाजदेखि ‘मोक ट्रेडिङ’ सिकाउँदै

काठमाडाैं : पूँजीबजारका लगानीकर्तालार्इ अनलार्इनबाटै शेयर कारोबार सिकाउन नेपाल स्टक एक्सचेञ्जले अाज (मंगलबार) देखि मोक ट्रेडिङ शुरू गरेको छ । 

हिजो (सोमबार) पत्रकार सम्मेलन अायोजना गर्दै नेप्सेले सर्वसाधारण लगानीकर्ताका लागि यो ट्रेडिङ शुरू गरिएको जानकारी दिएको थियो ।

नेप्सेले मोक ट्रेडिङका लागि युजर म्यानुअल समेत सार्वजनिक गरेको छ । अहिलेका लागि कम्प्युटरबाट मात्रै मोक ट्रेडिङमा सहभाागी हुन सक्ने र लगानीकर्ताले भोग्ने समस्या समाधान गर्न छुट्टै र्इमले अार्इडी समेत उपलब्ध गराउने भएको छ । 

रियल टार्इम मार्केट डेप्थ हेर्ने सुविधासहितको मोक ट्रेडिङमा लगानीकर्ता अाफैंले शेयर खरिद-बिक्रीका लागि अादेश दिन सक्नेछन् भने अाफुले दिएको अर्डर रद्ध गर्न वा परिवर्तन गर्न समेत सक्नेछन् । 

अभ्यासका लागि मात्र मोक ट्रेडिङ शुरू गरिएकाले कारोबारको राफसाफ हेर्न भने नसकिने नेप्सेले जानकारी गराएको छ । यो ट्रेडिङ वास्तविक कारोबार नभएको र लगानीकर्तालार्इ पूँजीबजारमा अनलार्इन कारोबारमा अभ्यस्त बनाउन, कारोबार गर्दा अार्इपर्ने समस्या समाधान गर्न र प्रविधमा अावश्यक सुधार गर्न यो तालिम शुरू गरिएको प्राविधिकले जानकारी गराएकाा छन् । 

मोक ट्रेडिङका लागि प्राविधिक काम गरिरहेको अनलार्इन सफ्टवेयर डेभलपमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानका अनुसार ७ हप्तासम्म मोक ट्रेडिङमार्फत शेयरको अनलार्इन कारोबारबारे परीक्षण गरिनेछ । मोक ट्रेडिङमा सहभागी हुने लगानीकर्ताले अाफुले कारोबार गर्ने शेयर ब्रोकर कम्पनीबाट युजरनेम र पासवर्ड लिनुपर्ने उनले बताए । 

नेप्सेले गएको साउन १ गतेदेखि पूँजीबजारमा अनलार्इन कारोबार प्रणालीको परीक्षण थालेको थियो । अब, अनलार्इनबाटै पूर्ण रूपमा शेयर कारोबार भने २ महिनापछि मात्र शुरू हुनेछ । 

नेप्सेका सिर्इअो चन्द्रसिंह साउदले कात्तिक महिनाभित्रै नेपालको पूँजीबजार पूर्ण अनलार्इन कारोबार प्रणालीमा जाने दाबी गरेका छन् । अहिले भेन्चर कम्पनी र ढाटा सेन्टर फरक भएकाले तत्काल अनलार्इन प्रणालीमा जान नसकिएको, तर यो समस्या समाधान गरेर कार्तिकदेखि अनिवार्य रूपमा अनलार्इन कारोबारको व्यवस्था मिलाउने साउदले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?