अमेरिकी डलर बढ्दा नेपालीको दशैं महंगिँदै

काठमाडाैं : चीन र अमेरिकाबीचको ब्यापार तनावका कारण बढेको डलरको भाउ, सरकारले गरेको भन्सार मूल्यांकन बृद्धि र ट्रक/कन्टेनरको भाडा बढेकाले नेपालीले यसपालीको दशैंका लागि महंगो मूल्यमा सामान किन्नुपर्ने अवस्था अाएको छ ।

अहिले नेपाली रूपैयाँसँग १ अमेरिकी डलरको सटहीदर १ सय १६ रूपैयाँसम्म पुगेको छ । अन्य मुद्रासँगको सटहीदर पनि डलर सँगसँगै उकालो लागिरहेको छ । विदेशी मुद्राको विनिमयदर बढ्दा नेपाली रूपैयाँ अवमूल्यन भर्इरहेको छ । 

विदेशी मुद्रासँग नेपाली रूपैयाँको विनिमयदर उच्च हुँदा विदेशबाट अाउने सामानलार्इ साविकको भन्दा बढि नेपाली रूपैयाँ तिर्नुपर्छ । डलरको भाउ बढेसँगै अायातमा निर्भर नेपालको बजारमा अाउने सामान पनि महंगिँदै छ । 

तयारी पोशाक, विधुतीय उपकरण र जुत्ता चप्पलको मूल्य २०% सम्म बढ्ने व्यवसायीहरूको अनुमान छ । यी सामानसँगै खाद्यान्नको मूल्य समेत तुलनात्मक रूपमा बढ्ने देखिएको छ । 

सरकारले गरेको भन्सार मूल्यांकन बृद्धिका कारण यो पटक चीनबाट अाउने सामान समेत महंगो भएको छ । गत बर्षको तुलनामा अधिकांश सामानको मूल्यमा २०% भन्दा ज्यादा बृद्धि भएको छ । 

रसुवाको टिमुरे र अन्य स्थानमा लगातार पहिरो खस्दा केरूङ नाकाबाट हुने व्यापार प्रभावित भर्इरहेको छ । अहिले केरूङतर्फ २ हजार भन्दा बढि नेपाली कन्टेनर र ट्रक अलपत्र परेका छन्, जो दशैंका लागि सामान लिन चीन गएका थिए । 

पहिरोका कारण गाडी र सामान अलपत्र पर्ने भएपछि ट्रक/कन्टेनर व्यवसायीहरूले केरूङबाट काठमाडाैंसम्म सामान ल्याउँदा २ लाख रूपैयाँभन्दा बढि भाडा लिन शुरू गरेका छन् । ढुवानी खर्च नै अत्याधिक भएपछि सामान थप महंगो पर्ने महाबाैद्धका थोक व्यापारीहरूले बताउन थालेका छन् । 

पछिल्लो पटक चीनबाट सामान ल्यार्इ काठमाडाैंबाट बेच्ने व्यापारीहरूलार्इ बैंकको चर्को ब्याजदरले पनि सामानको मूल्य बढाउन बाध्य पार्ने देखिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यूनतम १२% छ, जुन अाधार ब्याजदर मात्रै हो । 

अर्कातर्फ, माैद्रिक नीतिमार्फत केन्द्रीय बैंकले अोभरड्राफ्ट कर्जामा कडार्इ गरेपछि व्यापारीहरूले सहकारीबाट रकम लिन थालेको बताएका छन् । बैंकको तुलनामा सहकारीको ब्याज झनै चर्को छ । 

कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले बारम्बार तेलको मूल्य बढाएपछि यो पटकको दशैं थप महंगिँदै छ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली लागु गर्नुपर्ने जनाउँदै नेपाल अायल निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरिररहेको छ । 

पछिल्लोपटक स्थानीयतहले मनमाैजी कर उठाउन थालेपछि त्यसले पनि दशैं महंगो बनाउँदैछ । खसीदेखि अण्डासम्म कर लिने प्रतिष्पर्धामा लागेका संघीय र्इकार्इहरूले नागरिकलार्इ थप महंगीमा लपेटिरहेका छन् । 

अहिले भारतबाट अायात हुने पशुवस्तुमा सरकार र स्थानीय निकायले विभिन्न कर लगाउँदा प्रतिगोटा पशुवस्तुमा ९ सय रूपैयाँसम्म बढेको व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?