ला लिगा फुटबलः सेल्टा डी भिगोलाई हराउँदै जिरोना लिगको छैटौँ स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिग फुटबलमा जीत हात पार्दै जिरोना लिगको छैटो स्थानमा उक्लिएको छ । 

]सोमवार राति खेलमा जिरोनाले सेल्टा डी भिगोलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिगको छैटौँ  स्थानमा उक्लिएको हो ।  खेलको २२ औँ मिनेटमा जिरोनाका लागि क्रिष्टियन रिकार्डोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

तर, जिरोनाको अग्रता धेरैबेर टिक्न सकेन् । खेलको ३४ औँ मिनेटमा सेल्टा डी भिगोका लागि इगो स्पासले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसको ३ मिनेटमा नै  पेड्रो गुरिडोले गोल गर्दै जिरोनालाई २–१ को अग्रता दिलाए । 

खेलको पहिलो हाफमा २–१ ले अगाडि रहेको जिरोनाका लागि ५६ औं मिनेटमा रिकार्डोले ब्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे । 

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ८७ औँ मिनेटमा सोफिने बुफालले गोल गरेपनि हार टार्न भने सकेनन् । त्यसपछि खेलमा थप गोल भएन र खेल जिरोनाले ३-२ ले जित्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?