च्याम्पियन्स लिग फुटबल आजबाट शुरु, कुन-कुन क्लबले भिड्दै?

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको खेलहरु मंगलवारबाट शुरु हुँदैछ । 

युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन अन्तर्गत मंगलवार राति विभिन्न समूहको आठ वटा खेलहरु सञ्चालन हुँदैछन् । मंगलवार समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’को दुई-दुई खेलहरु हुँदैछन् । 

समूह ‘बी’ को खेल नेपाली समय अनुसार मंगलवार राति १०ः ४० मा शुरु हुनेछ भने अन्य समूहको खेल राति १२ः ४५ मा शुरु हुनेछ । 

मंगलवार राति हुने समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले पिएसभीसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ मा रहेको बार्सिलोनाले घरेलु मैदानमा पिएसभीविरुद्ध समूह चरणको पहिलो खेल खेल्नेछ ।

समूह ‘बी’ को अर्को खेलमा इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब टोट्नह्यामको प्रतिस्पर्धा गर्दैछ । यता लिभरपुलले फ्रान्सको पेरीस सेन्ट जर्मेन ‘पिएसजी’ सँग भिड्दैछ ।  साबिकको उपविजेता लिभरपुल घरेलु मैदानमा बलियो टोली पिएसजीलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ ।

समूह ‘ए’ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले क्लब ब्रुगको सामना गर्दैछ । यसै समूहको अर्को खेलमा फ्रान्सेली क्लब मोनाको र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले प्रतिस्पर्धा गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?