निर्मला बलात्कारपछि हत्या प्रकरण : एसपी दुर्गा सिंह नेतृत्वको टोली कञ्चनपुरमा

काठमाडौं । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाएको छ ।

महिला तथा बालिकासँग सम्बन्धित घटना भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली घटाइएको हो । 

‘हामीले यो घटनाको अनुसन्धानका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’ एक उच्च प्रहरी अधिकारीले भने । 

गत साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?