काठमाडौं । फ्रान्सले एक महिलालाई स्कुलमा पढ्दा टाउकोमा स्कार्फ लगाउन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय अधिकार सन्धिको उल्लंघन गरेको राष्ट्रसंघीय समितिले फैसला गरेको छ । यो कदमले नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धलाई तोडेको राष्ट्रसंघीय मानवअधिकार समितिले जनाएको हो ।
सन् १९७७ मा जन्मेकी फ्रान्सेली नागरिकले सन् २०१६ मा दायर गरेको उजुरीपछि राष्ट्रसंघीय मानवअधिकार समितिले उक्त फैसला गरेको हो । निवदेन दिने महिलाको नाम गोप्य राखिएको छ ।
ती महिला सन् २०१० मा वयस्कहरूको लागि व्यावसायिक प्रशिक्षण कोर्समा थिइन् । उनले एक अन्तर्वार्ता र प्रवेश परीक्षा पास गरेकी थिइन् । तर, सार्वजनिक शैक्षिक संस्थाहरूमा धार्मिक प्रतीकहरू लगाउन प्रतिबन्ध लगाएको कारणले पेरिसको दक्षिणपूर्वी उपनगरमा रहेको लान्गेभिन वालोन हाई स्कूलका प्रधानाध्यापकले उनलाई प्रवेश दिन अस्वीकार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया