गोपीचन्द्र पार्कीले जिते हाफ म्याराथनको उपाधि

काठमाडौं । संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित हाफ म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् । 

राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ले आयोजना गरेको हाफ म्याराथनको उपाधि पार्कीले हात पारेका हुन् । 

त्रिपुरेश्वरस्थित खेलकुद परिषद् परिसरमा मंगलवार बिहान भएको हाफ म्याराथनको उपाधि पार्कीले जितेका हुन् । उनले हाफ म्याराथनको २१ किलोमिटरको दुरी १ घण्टा १० मिनेट ५४ सेकेण्डमा पुरा गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले १ घण्टा ११ मिनेट ५ सेकेन्डमा निर्धारित दौड पूरा गर्दै दोस्रो स्थान हात पारे । 

१ घण्टा १२ मिनेट २५ सेकेन्डमा दुरी पूरा गर्दै हरि कुमार रिमाल तेस्रो भए । खगेन्द्र भाटले निर्धारित दुरी १ घण्टा १२ मिनेट ४५ सेकेन्ड पूरा गर्दै चौथो स्थान प्राप्त गरे ।  उपाधिसँगै गोपीले ५० हजार रुपैयाँ जितेका छन् ।  

दोस्रो भएका होमलालले ३० हजार र तेस्रो भएका हरिले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो हुनेले १० हजार जिते । 

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट र युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पुरस्कार वितरण गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?