यू–१९ एकदिवसीय क्रिकेट: अफगानिस्तानद्वारा नेपाललाई २४५ रनको चुनौती

काठमाडौं ।  भारतमा जारी  यू–१९ एकदिवसीय क्रिकेट सिरिजको तेस्रो स्थानका लागि भएको खेलमा अफगानिस्तानले नेपालसामु २ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

लखनउस्थित एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा मात्र ८ विकेट गुमाउँदै  २ सय ४४  रनको योगफल तयार पारेको थियो । 

अफगानिस्तानको लागि रियाज हसनले अविजित १ सय१७ रनको शतकीय पारी खेले । उनले १ सय ४९ बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै अफगानिस्तानका लागि बसीर खान सिरले ३२ तथा आरिफ खानले २४ रन जोडे ।

नेपालका लागि पवन शारफ, सागर ढकाल र संसद आलमले समान २-२ विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले आइतबार अफगानिस्तानलाई २५ रनले हराएको थियो । त्यसअघि नेपाल भारतको ‘ए’ र ‘बी’ टोलीसँग हार बेहोरेको थियो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?