तत्कात वृद्धभत्ता बढाउन सकिदैन : अर्थमन्त्री खतिवडा

काठमाडौं । पुरक वृद्धभत्ता ल्याउने तयारीमा रहेको सरकारले तत्कात वृद्धभत्ता नबढाउने भएको छ ।

सरकाले वृद्धभत्ता ५ हजार पु–याउने तयार गरिरहेका बेला तत्काल वृद्धभत्ता वृद्धि गर्न सम्भवना नरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । 

तत्कालीन एमाले र माओवादीले चुनावअघि घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पु–याउने उल्लेख गरिएको थियो । तर, बजेटमा त्यो व्यवस्था समेटिएको छैन ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहँदा पुरक बजेट नै ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पु–याउने बताएका थिए । 

तर, मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले पुरक बजेट ल्याउनै परे अर्धवार्षिक समिक्षापछि आउने जानकारी दिए । ‘अहिले पुरक बजेटको ल्याउने सम्भावना छैन । सरकारसँग यो विषयमा छलफल नै भएको छैन ।’ उनले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?