गुहेश्वरी फाइनान्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने भएको छ । 

राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरिसकेको यस फाइनान्सले पूँजी नबढाउने उद्देश्यले शेयरधनीलाई नगद लाभांश बाँड्न लागेको हो ।

फाइनान्स सञ्चालक समितिको आइतबार बसेको १९५ औँ बैठकले नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सको हाल कायम चुक्ता पूँजी ८० करोडको ५.२३३२ प्रतिशत अर्थात ४ करोड २१ लाख पाँच हजार ६०० नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?