मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता

काठमाडौं । मेरो सुरक्षा प्रा.लि र प्रिमियर इन्स्योरेन्सका बीचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सबीच सम्झौता भएको हो । सम्झौतमा मेरो सुरक्षा प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता उल्लेख भए अनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले बताए ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सकिने व्यवस्था छ । सेवा शुरु गरेको छोटो समयमा नै सेवाग्राही माझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको सुनुवारले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?