यसरी बन्दैछ तामाकोशीको पाँचौं जलविद्युत आयोजना, १५ अर्ब रुपैयाँ सहयोग जुट्यो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले तामाकोशी पाँचौं जलविद्युत आयोजना निर्माणको लागि ‘एआइबी’ बैंकले सघाउन तयार रहेको बताएका छन् । 

१ सय १ मेगावाट क्षमताको तामाकोशी पाँचौं जलविद्युत आयोजनाको निर्माणमा सहयोग गर्न  एसियाली पूर्वाधार लगानी बैंक ‘एआइआइबी’ तयार रहेको बताएका हुन् । 

‘एआइआइबी’ बैंकको तेस्रो गभर्नर्स बैठकमा नेपालले १५ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको थियो। सो प्रस्ताव अनुसार आयोजनाका लागि ऋण दिन बैंकले सहमति जनाएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । 

भारतमा सम्पन्न भएको बैठकमा खतिवडाले तामाकोशी पाँचौं जलविद्युत आयोजनाको निर्माणका लागि १५ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै सहयोग मागेका थिए । 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यास्केड प्रोजेक्ट’का रुपमा तामाकोशी पाँचौं जलविद्युत आयोजना अघि बढाउन लागिएको हो।  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि निस्केको पानी तामाकोशी नदीमा नपठाई यो आयोजना निर्माणको तयारी गरिएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?