थामिएको शेयर बजार मंगलवार सामान्य अंकले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा मंगलवार सामान्य सुधार आएको छ ।

 सोमबार थामिएको शेयर बजार सामान्य अंकले मात्रै वृद्धि भएको हो । शेयर कारोवार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २ सय ५८ दशमलब ८१ बिन्दुमा पुगेको छ । 

त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २ सय ६६ दशमलब ६० बिन्दुमा पुगेको छ । सामान्य बिन्दुले बढेको बजारमा कारोवार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ ।

कूल १ सय ६९ कम्पनीको १५ लाख ४४ हजार २ सय ५७ कित्ता शेयर ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ मूल्यमा खरीद बिक्री भएको छ । 

बैंकिङ २ दशमलब १३, होटल २५ दशमलब ९३ र फाइनान्स उपसमूहको १ दशमलब ८५ बिन्दुले घट्दा विकास बैंक १ दशमलब ७१, जलविद्युत् ४२ दशमलब १२, निर्जीवन बीमा ४२ दशमलब १२, उत्पादन ८ दशमलब १२, अन्य २ दशमलब ४२, माइक्रो फाइनान्स ९ दशमलब ४५ र जीवन बीमा १९ दशमलब ६१ बिन्दुले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?