काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८-०७९ को तेस्रो त्रैमासमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेकाले स्ट्यान्डर्ड चाार्टड बैंक नेपाल र एनसीसी बैंकलाइ कारबाही गरिएको हो ।
कारवाहीस्वरुप स्ट्याण्डर्ड चार्टड बैंकलाई पहिलो पटक ६३ हजार पाँच सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई पहिलो पटक ४९ हजार आठ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया