‘इपीएल’ चितवन टाइगर्सले जर्ज स्कटलाई अनुबन्ध गर्ने

काठमाडौं ।  एभरेष्ट प्रिमियर लिग ‘इपीएल’ का लागि चितवन टाइगर्सले इंग्ल्याण्डका खेलाडीलाई क्लबमा अनुबन्ध गर्न लागेको जानकारी दिएका छन् । 

चितवन टाइर्गसले यस अघि नै दुई खेलाडीको नाम सार्वजनिक गरिसकेको थियो । टाइर्गसले इंग्ल्याण्डका जर्ज स्कटलाई तेस्रो विदेशी खेलाडीको रुपमा क्लबमा भित्र्याउन लागेको जानकारी दिएको हो। 

इंग्ल्याण्डको काउन्टी क्रिकेटमा मिडलसेक्सबाट खेल्ने २२ वर्षीय जर्ज स्कटले ५ फस्ट क्लास, २ लिस्ट ए र १२ टी-२० म्याच खेलिसकेका छन् । 

चितवन टाइगर्सले यस अघि नै इंग्ल्याण्डका यू-१९ टोलीको पूर्व कप्तान म्याक्स होल्डेन र न्यूजिल्याण्डका जेम्स फुलरलाई विदेशी खेलाडीको कोटामा राखिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?