रौतहट एसिड काण्ड : प्रहरीले सार्वजनिक गरेका आरोपीमा पीडितका ठूलाबा

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा दिदीबहिनीमाथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । 

प्रहरीले आज (मंगलवार) साँझ ५ बजे रौतहटको चन्द्रनिगाहपुर वडा नं. ६ मा पत्रकार सम्मेलन गरी पासवानलाई सार्वजनिक गरेको हो ।

घर नजिकैका ठूलोबुबा पर्ने पासवानले दास दिदीबहिनीलाई एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको रौतहत जिल्लाका प्रहरी उपरीक्षक (एसपी) केदार धितालले बताए ।

पीडितका बाबु जदोलाल दासले दिएको जाहेरी, पीडितको बयान र कल डिटेलका आधारमा पासवानलाई प्रहरीले पक्राउ गरेको हो । 

भदौ २६ गते मध्यरातमा आफ्नै घरमा सुतिरहेको अवस्थामा पासवानले दास दिदीबहिनीलाई एसिड प्रहार गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?