बैंकर शाह एन्फाको सल्लाहकारमा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले बैंकर अनिल शाहलाई सल्लाहकारमा नियुक्त गरेको छ । 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले नबिल बैँकका 'सिइओ'  शाहलाई कर्पोरेट सल्लाहकारको रुपमा नियुक्त गरेको जानकारी दिएको हो । शाहलाई एन्फाले तीन महिनापछि सल्लाहकारको रुपमा नियुक्त गरेको हो । एन्फा अध्यक्ष शेर्पाले शाहलाई एक कार्यक्रमका बीच नियुक्त पत्र हस्तान्तरण गरेका थिए । 

अध्यक्ष शेर्पाले विभिन्न क्षेत्रबाट ११ जना सल्लाहकार नियुक्त गर्न मिल्ने र त्यसैअनुसार शाहलाई सल्लाहकारका रुपमा एन्फामा आवद्ध गरेको जानकारी दिएको हो । 

शेर्पाको नेतृत्वमा रहेको एन्फाले विभिन्न विभाग गठन गर्दै संयोजकहरु तोकिसकेको छ भने फुटबल क्षेत्र बाहेकबाट पनि सल्लाहकार समेत नियुक्त गरिरहेको छ। यसअघि व्यवसायी सुरज वैद्य र विष्णु कुमार अग्रवाललाई समेत सल्लाहकारमा नियुक्त गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?