यू-१९ एकदिवसीय क्रिकेट : अफगानिस्तानसँग पराजित हुँदै नेपाल चौथो, भारतको ‘बी’ टिमलाई उपाधि

काठमाडौं । भारतको लखनउमा सम्पन्न यू-१९ एकदिवसीय क्रिकेट शृखलामा नेपालले चौथो स्थान हासिल गरेको छ । 

लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलवार भएको तेस्रो स्थानकोे भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो । 

त्यस्तै प्रतियोगिताको उपाधि भने भारतको ‘बी’ टोलीले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा भारतको ‘बी’ टोलीले भारतकै ‘‘ए’ टोलीलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । 
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २ सय ४५ रनको लक्ष्य दिएको थियो ।

अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४४ रनको योगफल बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७३ रनमा समेटिएको थियो ।  

अफगानिस्तानको जीतमा रियाद हशनले सर्वाधिक १ सय १७ रन जोडे । उनले १ सय ४९ बलमा २ छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे ।

बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २-२ विकेट लिएका थिए । 

यता नेपालका लागि भने मोहमद आशिफ शेख र लोकेश बामले २५-२५ रन जोडे । अरुण ऐरीले २४, पवन सर्राफले २३, सुनदीप जोराले १८, भीम सार्कीले १६, रीत गौतमले १४, मोहमद सांसद आलमले १२ तथा कमल ऐरीले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?