कालिका पावरको अार्इपीअोमा ७ गुणा बढि अावेदन

काठमाडौं : कालिका पावरले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयरमा (अार्इपीअो) ७ गुणा बढी कित्ता बराबरको अावेदन परेको छ । 

प्रतिशेयर एक सय रुपैयाँको दरमा ११ लाख १६ हजार कित्ता अार्इपीअो बिक्री खुला गरेकोमा ८३ लाख ९३ हजार कित्ताका लागि लगानीकर्ताले अावेदन दिएका छन् । 

कालिकाले भदाै २८ गतेदेखि असोज १ गतेसम्मको समयावधी तोकेर अार्इपीअो निष्काशन गरेको थियो । 

कम्पनीले सर्वसाधारण समूहतर्फ १२ लाख कित्ता छ्ट्टाएको छ भने २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलार्इ बाँडफाँड गरिसकेको छ। 

सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था छ । 

मागभन्दा धेरै अावेदन परेपछि कालिकाको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार बाँडिनेछ । गोलाप्रथाबाट हरेक लगानीकर्ताले १० कित्ता पाउनेगरि शेयर फाँटफाँट हुनेछ । 

मागभन्दा ७ गुणा बढि अावेदन परेकाले सबै अावेदकले १० कित्ताका दरले शेयर पाउने छैनन् । कूल १ लाख २२ हजार अावेदकमध्ये १ लाख ११ हजार ६ सय जनाले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गर्नेछन् । 

बाँकी १० हजार ४०० जना अावेदकले शेयर पाउने छैनन् ।

कम्पनीको प्रति मेगावाट लागत २३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल लागत एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ। कम्पनीले अबको २९ वर्षसम्म विद्युत उत्पादन गर्न सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?