भारतबाट भित्रिन्छन् ६ अर्बका खसीबोका

काठमाडौं – विडम्बना नेपाल कृषि प्रदान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरिने गरेको छ । नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरिदै गएको छ । नेपाली व्यवसायहरुले भारतबाट हप्तामा मात्र साढे आठ करोड मूल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् ।

नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन केन्द्र नहुँदा वर्षेनी अरबै रुपैया बाहीरी नगरेको काठमाडौं चौपाय खरीद विक्री प्राली अध्यक्ष जनक कुमार खण्डकाले बताए । खण्डका अनुसार नेपाली व्यापारीहरुले भारतबाट आइतबार र विहीबार खसीबोका आयात गर्ने गरेको छन् । दसैं बाहेक हप्ताको दुई दिन मात्र २३ ट्रक आयात गर्ने गरेको उनले बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?