शेयरमा लगानी गर्दै हुनुहुन्छ ? अब अनलार्इनबाटै यसरी गर्नुस कारोबार (युजर म्यानुअलसहित)

काठमाडाैं : यदी तपार्इँ शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने अब प्रविधीले तपार्इँलार्इ निकै सजिलो बनार्इदिने भएको छ । घरैमा बसेर कम्प्युटरबाट शेयर कारोबार कसरी गर्ने भनि सरकारले नै तपार्इँलार्इ हिजो (मंगलबार) देखि तालिम समेत दिँदैछ । 

नेपाल स्टक एक्सचेञ्जले मंगलबारबाट ४ देखि ६ हप्तासम्म पूँजीबजारमा अनलार्इन कारोबार गराउन 'मोक ट्रेडिङ' शुरू गरेको छ । सर्वसाधारण लगानीकर्तालार्इ केन्द्रित गरि नेप्सेले यो तालिम दिने र त्यसपछि पूर्ण रूपमा शेयर कारोबार अनलार्इनबाटै गराउने तयारी थालेको छ । त्यसैले, अब पूँजीबजारका लगानीकर्ताले अनलार्इनबाट शेयर कारोबार गर्न सिक्नैपर्छ । 

'मोक ट्रेडिङमा' यसरी सहभागी हुनुहोस 

  • र्इन्टरनेटजडित कम्प्युटरको व्यवस्था गर्नुहोस ।
  • बिहान १० देखि साँझ ६ बजेसम्मको समय व्यवस्थापन गर्नुहोस ।
  • ब्रोकर कम्पनीमा अाफ्नो केवार्इसी र र्इमेल अद्यावधिक गर्नुहोस ।
  • अाफुले कारोबार गरिरहेको वा गर्न चाहेको ब्रोकर कम्पनीबाट युनरनेम र पासवर्ड लिनुहोस् । 
  • ब्रोकरले तपार्इँको डाटा सिस्टममा राखिदिन्छ । युजरनेम र पासवर्ड स्वीकृत भएपछि नेप्सेले युनिक क्लार्इन्ट कोड दिन्छ । सो कोड फेरि ब्रोकर कम्पनीलार्इ दिनुहोस । 
  • युजरनेम र पासवर्ड पार्इसकेपछि लगर्इन गर्नुहोस् । 
  • क्लार्इन्ट अार्इडी लगर्इन भएपछि मोक ट्रेडिङमार्फत शेयरको अर्डर र ट्रेड गर्नुहोस ।

यो युजर म्यानुअल पनि पढ्नुहोस 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?