तरकारी बजारका ५७ सटरको सम्झौता खारेज

काठमाडौं – सरकारले कालीमाटी र बालाजु  तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको समाचार आजको नागरिक दैनिकमा  छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो ।

सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?