‘नयाँ बजेट बर्ष’को २ महिना : राजस्व उठाउन मेहनत, खर्च क्षमता उस्तै

काठमाडाैं : सरकारले चालु अार्थिक बर्षको पहिलो दुर्इ महिना (साउन र भदाै) भित्र १ खर्ब २० अर्ब रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ । तर बजेट खर्च क्षमता भने उत्साहप्रद देखिएको छैन । 

साउन १ गतेदेखि भदाै मसान्तसम्म अघिल्लो अार्थिक बर्षको सोही अवधिको तुलनामा ३७% बढि राजस्व उठार्इएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । राजस्व संकलनलार्इ अझ प्रभावकारी बनाउन करको दायरा समेत बढाउने तयारी भर्इरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । 

राजस्व संकलन बढेपछि सरकारको खर्च क्षमता भने उत्साहप्रद देखिएको छैन । १३ खर्ब १६ अर्ब १६ करोड १७ लाख रूपैयाँको बजेट ल्याएको सरकारले साउन र भदाैमा जम्मा १ खर्ब ३ अर्ब रूपैयाँमात्र खर्च गर्न सकेको देखिएको छ । अर्थमन्त्री खतिवडाले अघिल्लो बर्षको तुलनामा यो बर्षको बजेट खर्चमा केही सुधार अाएको बताएका छन् ।

हरेक बर्ष बजेट खर्च गर्न नसकिरहेको सरकारले यो बर्ष कर असुलीमै केन्द्रित हुने संकेत दिएको छ । अर्थमन्त्री खतिवडाले पनि करको दायरा बढाउने र करमैत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनलार्इ सहज र प्रभावकारी बनाउने बताए । 

सरकारले यो बर्ष कर असुलीलार्इ प्रभावकारी बनाउयन थप ११ वटा कर कार्यालय स्थापना गरेको छ । तर, स्थानीयतहलार्इ कानून विपरित अनावश्यक कर नबढाउन अर्थ मन्त्रालयले निर्देशन दिएको खतिवडाले जानकारी दिए ।

सोमबारसम्म बजेट कार्यान्वयनको अवस्था :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?