डलरसँग नेपाली रूपैयाँ अहिलेसम्मकै सस्तो, अाज १ डलर साट्दा ११७ रूपैयाँ ७ पैसा

काठमाडाैं : अमेरिकी डलरसँग नेपाली रूपैयाँ अहिलेसम्मकै सस्तो भएको छ । 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार नेपालमा १ अमेरिकी डलरको खरिददर ११६ रूपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रूपैयाँ ७ पैसा कायम भएको छ । यो दर अहिलेसम्मकै धेरै हो । 

डलरसँगको सटहीदरमा नेपाली मुद्रा सस्तो भएपनि विदेशबाट अमेरिकी डलरमा रकम पठाउने नेपालीलार्इ भने फार्इदा हुन्छ । मुख्यत : डलरसँग भारतीय मुद्रा कमजोर हुने र भारूसँग नेपाली रूपैयाँको विनिमयदर स्थिर भएकाले त्यसको प्रभाव रूपैयाँको विनिमयदरमा परेको हो ।

चीन र अमेरिकाबीच भर्इरहेको व्यापार युद्धका कारण विश्वव्यापी रूपमै बहुअायामिक प्रभाव पर्न थालेपछि त्यसको प्रभाव नेपाली रूपैयाँसँगको विनिमयमा पनि परेको हो । मंगलबारको तुलनामा डलरसँग नेपाली रूपैयाँ साँट्नेले अाज बुधबार ७५ पैसा बढि पाउन सक्छन् ।

अमेरिकी डलरसँगै अन्य देशको मुद्रासँग पनि नेपाली रूपैयाँको अबमूल्यन जारी छ । युरो १ को खरिददर १३३६रूपैयाँ ६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७६ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ७५ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३१ रुपैयाँ ५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३२ रुपैयाँ १५ पैसा पुगेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रिदर २८ रुपैयाँ २६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३५ पैसा र बिक्रिदर १० रुपैयाँ ४१ पैसा कायम भएको छ ।

कुवेती दिनार एकको खरिददर ३८४ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३८६ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०८ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३१० रुपैयाँ ४८ पैसा पुगेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?