क्षेप्यास्त्र प्रक्षेपणस्थलमा विदेशी विज्ञ जान दिन उत्तर कोरिया सहमत

एजेन्सी: दक्षिण कोरियाली राष्ट्रपति मून जाए इन र उत्तर कोरियालीी नेता किम जोंग उन दुबैले एक बृहत सम्झौतामा हस्ताक्षर गर्दै नयाँ भविष्यको उद्घोष गरेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपनि मूनले भने “ दुई कोरियाले परमाणु निःशस्त्रीकरण को बाटो प्राप्त गर्न सहमति जनाएका छन् ।

दुवै कोरियाले परिवारहरूको पुनर्मिलनर स्वास्थ्य हेरचाहका लागि रेलवे सेवाको विकास गर्ने योजना बनाइरहेका छन् ।

उत्तर कोरियाली नेता किमले दुई देशका नेताहरू बीच भएको शिखर बैठकलाई सैन्य शान्तिको दिशामा एक अग्रगामी छलांग भएको टिप्पणी गरे ।

हस्ताक्षर पछि मूनले भने “ उत्तर कोरियाले तोंचांगरि क्षेप्यास्त्र इन्जिन परीक्षण स्थललाई स्थायीरूपमा बन्द गर्न सहमत भएको र सम्बद्ध देशका विज्ञहरूलाई क्षेप्यास्त्र प्रक्षेपण स्थलमा उपस्थित गराउन सहमत भएको छ ।”

दुवै देशले २०३२को समर ओलम्पिको आयोजना गर्न खोजो छन् ।

यो हस्ताक्षर उत्तर कोरियाली राजधानी पोंगयांगको तीन दिन दक्षिण कोरियाली राष्ट्रपतिको भ्रमणका बेला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?