डलरको भाउ बढ्दा यसरी अाकासिन्छ महंगी

काठमाडाैं : अमेरिकी डलर साटेर धेरै नेपाली रूपैयाँ प्राप्त गर्दा नेपालीलार्इ फार्इदा नै हुन्छ । अधिकाशं नेपाली युवाहरू विदेशमा रहेका र अमेरिकामा पनि हजाराैं नेपालीको बसोबास रहेकाले सोझो हिसाबले हेर्दा नेपाललार्इ घाटाभन्दा बढि फार्इदा नै हुनपर्ने हो । 

तर, वैश्विक अार्थिक व्यवस्था र सम्बन्धमा सोझो हिसाबले सँधै काम गर्दैन । अहिले जसरी डलरको भाउ महंगिँदै छ, नेपाली बजारमा दैनिक अत्यावश्यक र उपभोग्य सामग्रीको भाउ पनि अाकासिँदैछ । डलरको बृद्धि हुँदा नियार्त व्यापार गर्ने मुलुकलार्इ फार्इदा पुग्न सक्छ, तर नेपालजस्तो अायातमा निर्भर अर्थतन्त्रका लागि डलरको भाउ बढ्नु निकै समस्याजनक घटना हो । 

नेपालमा अहिले विदेशमा काम गर्ने युवाले रेमिट्यान्स पठाउँदा फार्इदा छ । डलरसँगै अन्य विदेशी मुद्रा पनि नेपाली रूपैयाँको तुलनामा बलियो बनेको छ र त्यस्तो मुद्रा साँट्दा नेपालमा अाफन्तजनले साविकको भन्दा धेरै रकम पाउँछन् । 

विदेशमा बस्तु र सेवा बिक्री गर्दा कमाउने विदेशी मुद्रा, अमेरिकामा निर्यात हुने हस्तकला लगायतका नेपाली उत्पादन र पर्यटन क्षेत्रमा विदेशीले खर्च गर्ने रकमले पनि हामीलार्इ फार्इदै गर्छ । तर, नेपालको अर्थतन्त्रको अाकार, यसको प्रकृति र हाम्रो उत्पादन एवं उपभोग सम्बन्धलार्इ हेर्दा अहिले बढिरहेको डलरको मूल्य प्रत्युत्पादक छ । 

नेपालमा दैनिक अावश्यकताका जति पनि सामग्री चाहिन्छ, तीमध्ये अधिकांश सामान विदेशी मुद्रा तिरेर किन्नुपर्ने अवस्था छ । अर्थात, अहिले अमेरिकी डलर बढेको बेलामा हामीले विदेशबाट अावश्यक सामान ल्याउँदा डलरमा भुक्तानी दिनुपर्छ र डलर किन्न धेरै नेपाली रूपैयाँ खर्चनुपर्छ । महंगो डलर किनेर सामान किन्नुपरेपछि त्यो सामानलार्इ सर्वसाधारणले धेरै रूपैयाँ खर्चेर खरिद गर्नुपर्छ, अन्तत : महंगी बढ्छ । 

 
छिमेकी भारत र तेस्रो मुलुकबाट ल्यार्इने सवारीसाधन, मोबार्इल फोन एवं विधुतीय सामग्री, लत्ताकपडा, खाद्यान्न र मरमसलाका लागि नेपालीले अब धेरै रूपैयाँ खर्चनुपर्छ । डलरको भाउले चिनियाँ युयानमा पनि असर गर्ने हुनाले चीनबाट अाउने सामानको मूल्य पनि बढ्छ ।

डलरको भाउ बढ्दा हामी सर्वसाधारणलार्इ मात्र होर्इन, सरकार समेत समस्यामा पर्छ । सरकारले डलरको मूल्य सस्तो हुँदा लिएको ऋण अहिले तिर्नुपर्दा धेरै महंगो मूल्य चुकाउनुपर्छ । नेपालका केही जलविधुत अायोजनाबाट उत्पादित बिजुली नेपाल सरकारले डलरको भाउमा किन्ने गरेको छ । यी अायोजनालार्इ पनि सरकारले बिजुली लिएबापत साविकभन्दा धेरै रकम तिर्नुपर्छ । 

डलरको भाउ बढ्दा नेपालमै उत्पादन हुने बस्तुमा पनि लागतबृद्धिको समस्या अाउँछ ।  किनकी, हाम्रा अधिकांश उद्योगहरूले विदेशबाटै कच्चापदार्थ ल्याएर बस्तु र सेवा उत्पादन गर्छन् । अत ः यसको असर स्वदेशी भनिएका बस्तु र सेवा खरिदमा पनि पर्न अाउँछ ।

बिदेशमा पढ्न जाने, अाैषधोपचारमा गर्न जाने र विदेश घुम्न जानेहरूले पनि डलर साँट्दा धेरै नेपाली रूपैयाँ बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?