वर्ल्डलिंकले ल्यायो अफरै अफर ! २३ जनालार्इ विदेश घुमाउने

काठमाडाैं : र्इन्टरनेट सेवा  प्रदायक वर्ल्डलिंक र्इन्टरनेशनलले दशैं र तिहार लगायतका चाडपर्वमा अाफ्ना सेवाग्राहीलार्इ अफर र छुट दिने घोषणा गरेको छ । 

'र्इन्टरनेट फरर, विदेश सरर' नामक ग्राहक योजना सार्वजनिक गर्दै वर्ल्डलिंकले अाफ्नो र्इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीलार्इ फ्रान्सको पेरिस, थार्इल्याण्ड, सिंगापुर, दुबर्इ, र्इन्डोनेशियाको बाली र मलेसियालगायतका मुलुकमा घुमाउने भएको छ । 

नयाँ ग्राहक योजनामा र्इन्टरनेट खरिद र नवीकरण गर्ने ग्राहकलार्इ पनि भारी छुट दिने भएको छ । यस्ता ग्राहकले १ बर्षको शुल्क भुक्तानी गरे ४०% छुट पाउने वर्ल्डलिंकले जानकारी दिएको छ । 

यो योजनाअन्तर्गत छुटसहित र्इन्टरनेट जोड्ने ग्राहकलार्इ वर्ल्डलिंकले निशुल्क सेटअप बक्ससहित १२ महिनासम्म नेटटीभी सुविधा समेत दिने भएको छ । 

देशभर अाफ्ना २ लाख ४० हजारभन्दा बढि ग्राहक रहेको वर्ल्डलिंकले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?