च्याम्पियन्स लिग: बार्सिलोनाको शानदार जीत, बोरुसिया डटमुन्ड र लिभरपुल आ-आफ्नो खेलमा विजयी

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत बार्सिलोना, बोरुसिया डटमुन्ड र लिभरपुल विजयी भएका छन् । 

मंगलवार राति सम्पन्न भएको समुह चरणको पहिलो खेलमा स्पेनी क्लब बार्सिलोनाले डच क्लब पीएसभीलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भयो । 

बार्सिलोनालाई जीत दिलाउन लियोनेल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको ३१ औँ, ७७ औँ र ८७ औँ मिनेटमा तीन गोल गरेका थिए । त्यस्तै, खेलका ७४ औँ मिनेटमा ओस्मान डेम्बेलेले एक गोल गरे । 

त्यस्तै, मंगलवार राति नै सम्पन्न भएको अर्को खेलमा बोरुसिया डटमुन्डले क्लब ब्रुजालाई १-० गोल अन्तरले हरायो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए ।

खेलको ८५ औँ मिनेटमा बोरुसियाका लागि क्रिस्टियन पुलिसिचले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।  यता, इंग्लिस क्लब लिभरपुलले पेरिस सेन्ट जर्मेन ‘पीएसजी’लाई ३-३ गोल अन्तरले पराजित गर्‍यो । 

लिभरपुलका लागि खेलको ३० औँ मिनेटमा ड्यानियल स्टुरेज, ३६ औँ मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत तथा ९१ र्औँ मिनेटमा रोबेर्टो फिर्मिनोले समान एक-एक गोल गरेका थिए । त्यस्तै, पीएसजीका लागि खेलको ४० औँ मिनेटमा मुनियरले र ८३ औँ मिनेटमा केलियन एम्बाप्पेले एक-एक गोल गरे । 

मंगलवार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब टोट्नह्याम इन्टर मिलानसँग २-१ गोल अन्तरको हार बेहोरेको छ । एथ्लेटिको म्याड्रिडले मोनाकोलाई २-१ ले तथा गालातासारायले लोकोमोटिभ मस्कोलाई ३-० ले हरायो । 

साल्के र एफसी पोर्टोबीचको खेल भने एक-एक गोलको सकिएको छ । 

प्रतियोगिता अन्तर्गत बुधवार राति म्यान्चेस्टर सिटीले लायन्सको, म्यान्चेस्टर युनाइटेडले योङग ब्वाइजको, बेन्फिकाले बार्यन म्युनिखको, रियल म्याड्रिडले रोमाको तथा भिक्टोरिया प्लाजेनले सिएसकेए मस्कोको सामना गर्दैछन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?