एशिया कप: भारतको सुखद शुरुवात, हङकङ समूह चरणबाटै बाहिरियो

एजेन्सी । संयुक्त अरब इमिरेट्स ‘एयुई’मा जारी एशिया कप क्रिकेट अन्तर्गत भारत विजयी भएको छ । 

मंगलबार राति भएको खेलमा भारतले हङकङलाई २६ रनले पराजित गदै शुखद शुरुवात गरेको हो । भारतले दिएको २ सय ८६ रनको लक्ष्य लिएर मैदानमा जवाफी ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा  ८ विकेट गुमाउँदै २ सय ५९ रन मात्र बनाउन सक्यो ।

हङकङका लागि निजाकाट खानले सर्वाधिक ९२ रनको योगदान दिए त्यस्तै, अन्सुमन रथले ७३ रन जोडे । 

इशान खानले २२ रन तथा बाबर हायतले १८ रन जोडे । भारतका खालील अहमेद र युजभेन्द्र चाहलले समान ३-३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा मात्र ७ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल तयार पारेको थियो ।  भारतका लागि शिखर धवनले १ सय २७ रनको शतकीय इनिङस खेले । अम्बाती रायडुले ६० रनको योगदान दिए । हङकङका किनचित साहले ३ तथा इशान खानले २ विकेट लिए ।

जितसँग समूह ‘ए’ को भारतले महत्वपूर्ण २ अंक जोडेको छ । भारतले एशिया कपको सुपर चारमा स्थान पक्का गरेको छ । लगातार दुई खेल गुमाएको हङकङ भने प्रतियोगिताबाट बाहिरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?