नेपाल र फिलिपिन्स आमने-सामने हुँदै

काठमाडौं । एएफसी यू–१६ महिला च्याम्पियनसिप अन्तर्गत बुधवार नेपालले फिलिपिन्स सामना गर्दैछ । 

आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले बुधवार फिलिपिन्ससँग भिड्दैछ । यी दुई टिमबीचको खेल हल्चोकस्थित शसस्त्र प्रहरी बलको  मैदानमा दिउँसो ३ः३० बजे पछि शुरु हुनेछ ।  

पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमार र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । 

नेपालले दोस्रो खेलमा म्यानमारसँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् ।

फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?